माछा बीमा सम्बन्धी प्राविधिक व्यवस्था तथा जानकारी पृष्ठभूमीः 

नेपालको जैविक विविधता र जलस्रोतमा धनी देश हो। वर्तमान समयमा मत्स्यपालन कृषि क्षेत्रको विकसित उप-क्षेत्रको रुपमा रहेको छ। यहाँ अनेक प्रकारका जल सम्पदाहरु रहेका छन। 

नेपालमा नदी, ताल, रिजरभ्वायर, पोखरी, सिंचाइका नहर-कुलो, सडक छेउका जलाशय, सिमसार तथा घोल र सिंचित धानखेत आदि गरी कुल ८,२७,३१७ हेक्टर जलाशय क्षेत्रफल रहेको छ। विभिन्न प्रकारका कृत्रिम र प्राकृतिक जलाशयहरुमा अनेक जाति प्रजातिका माछाहरु र विभिन्न प्रकारका जलीय जीवहरु समेत पाइन्छन्। 

माछा पालनले प्राकृतिक स्रोत साधन, जलीय जीवहरुको संरक्षंण र सम्वर्द्धन तथा मत्स्यपालनमा प्रयोग भएको नया प्रविधिले दिगो विकासको लक्ष्य अनुरुप मानव जीवनलाई आवश्यक पर्ने पोषक तत्वहरु परिपूर्ति गर्न सहज पुर्याएको छ। विगत १२ वर्षमा मत्स्य उप क्षेत्रको वृध्दिदर दोहोरो अंकमा रहेकोले कृषिका अन्य पेशा मध्ये एक आकर्षक पेशाको रुपमा रहेको छ।

 मत्स्य क्षेत्रको कृषि ग्रार्हस्थ उत्पादनमा १.८३ प्रतिशत योगदान रहेको छ भने कूल ग्रार्हस्थ उत्पादनमा ०.४४ प्रतिशत रहेको छ । (केन्द्रिय मत्स्य प्रवर्द्धन केन्द्र वार्षिक प्रगति पुस्तिका, २०७८-७९) 

वर्तमान अवस्थाः 

मत्स्य क्षेत्रमा संलग्न जनसंख्याः६२,३९७ 

कूल माछा उत्पादनः १,१३,७३६ मे.ट

माछा निर्यातः ३,७३२ मे.ट 

तराईमा पोखरीमा माछा उत्पादनः ५.९ मे.टन प्रति हेक्टर

पहाड:४.६७ मे.टन प्रति हेक्टर 

उच्च पहाड:१.६७ मे.टन प्रति हेक्टर

 स्रोत: (केन्द्रिय मत्स्य प्रवर्द्धन केन्द्र , २०७८-७९) 

माछा पालनका किसिमहरुः

नेपालमा दुई किसिमको माछा पालन भईरहेको छ। 
न्यानो पानीमा हुर्कने माछाहरुः ७ जातका कार्पहरु, ३ वटा स्वदेशी र ४ वटा विदेशी जातहरु क) रोहु ख) नैनी ग) भाकुर घ) कमन कार्प ङ) सिल्भर कार्प च) बिगहेड कार्प छ) ग्रास कार्प 

२) चिसो पानीमा हुर्कने माछाहरुः मध्य-पहाड देखि उच्च पहाडसम्म चिसो हावापानी भएको ठाउँमा(<२० डिग्री सेल्सियस) पालन गर्न सकिन्छ। क) ट्राउट माछा 


नेपालमा मत्स्य पालनका लागि सिफारिस भएका जातहरुः 
१) कमन कार्प,
 २) सिल्भर कार्प, 
३) बिगहेड कार्प, 
४) ग्रास कार्प, 
५) रोहु, 
६) नैनी, 
७) भाकुर, 
८) रेन्बो ट्राउट 
(माछा भूरा मापदण्ड २०६१) 

माछा बीमालेखको विशेष व्यवस्था 

पोखरी वा रेसवेमा माछाको भुरा राखेको १५ दिन भित्र बीमा गरि सक्नु पर्नेछ । 

न्यानो पानीमा हुर्कने माछा जस्तै कार्प र पंगास को हकमा मंसिर, पुस र माघ महिनामा सुरुको स्टक राख्नु हुँदैन।

माछा पालनको लागि तयार गरिएको पोखरी (जलाशय) न्यनूतम दुई सय वर्ग मिटर र कम्तीमा एक मिटर गहिराई हुनपुर्नेछ।

माऊ माछा पालन पोखरीको हकमा पोखरीको क्षत्रफल न्यनुतम दुई हजार वर्ग मिटर सम्म हुनपुर्नेछ । 

पोखरीमा माऊ माछा व्यवस्थापन गर्दा माउ माछा प्रति हेक्टर बढीमा सत्ताइस सय के .जी. हुने गरेर व्यवस्थापन गरी राख्नु पर्नेछ । 

माछा बीमालेखको बीमाशुल्क ३ प्रतिशतका दरले लाग्नेछ ।

स्रोतः (माछा बीमालेख २०८०।०२।३०)

No comments:

Post a Comment