नेपालमा पंगास खेती


तराईको विभिन्न स्थानहरु जस्तै; झापा,मोरङ,सिराहा,धनुषा,सर्लाहिबाराचितवनदाङ जिल्लाहरूमा केहि कृषकहरूले पंगास माछा पालन गर्दै आएका छन्। 

यो माछाको भुरा देशमा हालसम्म ब्यवसायिक किसिमले उत्पादन हुन नसक्दा आयातित भुरामा कृषकहरूको ब्यवसाय पुर्ण रूपमा भर परेको अवस्था छ। प्रत्येक बर्ष भारत बाट बिगत केहि बर्ष देखी पंगास माछा आयात भइ रहेको अवस्था छ र  नेपाली उपभोक्ताहरूले क्रमश पंगास माछा मन पराउदै गएको पाइन्छ।

यस गरी देशका बिभिन्न भागमा पंगास माछा पालन भएको हुँदा आगामी दिनमा यसको थप बिस्तार हुने सम्भावना प्रवल देखिन्छ। 

निजि स्तरमा भुरा उत्पादन गराई पंगास माछाको प्रबर्धन गर्ने उदेश्यले सरकारी निकायबाट मत्स्य ह्यचरी निर्माणमा अनुदान दिने कार्य बिगत केहि बर्ष देखी भइरहेको छ भने केहि ब्यवसायिहरूलाइ अन्तराष्ट्रिय बजारबाट तालिम प्रदान गरी उनीहरूको क्षमता वृद्धि गर्ने प्रयासहरू भइरहेका छन। 

 

पंगास माछा पालन गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ।

  • पुरानो पोखरीको पानी सुकाउनु पर्दछ ।
  •  माछाको भुरा राख्नु भन्दा पहिले पोखरीलाई पुरै १—२ हप्ता सम्म सुकाउनु पर्दछ।
  • पिधको हिलो सुकाउन सके जंगली माछाहरु निर्मुल हुने र पोखरीको     उत्पादकत्वमा  वृद्धिमा सहयोग पुग्दछ।
  •  पोखरीको डिलपानीको प्रवेश तथा निकास द्वार मर्मत गर्नुपर्दछ।
  • सुकेको पोखरीमा घर पोत्ने चूना प्रति कठठा १५ केजीको दरले राख्नु पर्दछ।
  •   पोखरी तयारीको कार्य पुरा भए पछि १.५ देखि २ मिटर गहिरो हुने गरी पानी भर्नुपर्दछ।

स्रोतः (केन्द्रिय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रबालाजु)